काठमाडौँ- थापाथली स्थित द ब्रिटिस कलेजले पूर्व विद्यार्थी भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम सम्पन्न गरेको छ। आइतबार हायात रिजेन्सी (रोक्स गार्डेन) मा आयोजित उक्त कार्यक्रमले ब्रिटिस कलेजबाट ग्र्याजुएट भएका विद्यार्थीहरूलाई नेटवर्क बनाउने र आफ्नो सम्बन्ध विस्तार गर्ने मौका प्रदान गरेको थियो ।
पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सन् २०१० देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पूर्व विद्यार्थीहरू सहभागी भएका थिए। लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा कलेजका स्टाफ, फ्याकल्टी सहित अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम उद्घाटन गर्दै ब्रिटिस कलेजका सिइओ राजन कँडेलले कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूले छोडेदेखि कलेजले के गर्दैछ र के कस्ता नयाँ अवसरहरू उपलब्ध गराएको छ भनेर देखाउने मौका मिलेको उल्लेख गरे । कार्यक्रमले आफ्ना विद्यार्थीहरूलाई पुराना साथीहरू भेटघाट गर्ने अवसर दिनुका साथै कलेजले प्रदान गर्ने ब्रान्ड न्यु इन्क्युवेशन सेन्टर जस्ता सुविधाहरूका बारेमा पनि जानकारी गराउने उनको भनाई थियो।
कार्यक्रममा कलेजका पूर्व विद्यार्थीहरू, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनश तर्फबाट सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले मन्तव्य दिएका थिए । साथै एड्मीसन्स् तथा मार्केटिङका हेड अमरदिप मण्डलले आफ्नो मन्तव्य दिएका थिए ।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै मण्डलले भने, “पूर्व विद्यार्थीहरू सँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न हामीले अलम्नाइ कार्यक्रम गर्दै आइरहेका छौँ । पूर्व विद्यार्थीहरूले प्राप्त गरेको सफलताप्रति हामीलाई गर्व छ । उनीहरुको भविष्यको योजनाप्रति मदत गर्न हामीहरू सदैव तयार छौँ ।”
विभिन्न विषयमा छलफल तथा डिनरसँगै कार्यक्रम समापन भएको थियो ।


