काठमाडौँ- लोकन्थली, भक्तपुर स्थित कोबिदा किड्स प्रि स्कुलले आयोजना गरेको कला प्रदर्शनी (आर्ट एक्जिभिसन) सम्पन्न भएको छ। शनिवार विद्यालय परिसरमा आयोजित उक्त प्रदर्शनी कोबिदाका विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको भव्य उपस्थितिमा सम्पन्न भएको हो।
‘प्राक्टिस इज द सोल अफ नलेज’ अर्थात् अभ्यास नै ज्ञानको आत्मा हो भन्ने नारासहित सञ्चालित कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई आफूहरूले सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयोग हुन्छ भनेर बुझाउनु रहेको कोबिदा प्रशासनले जनाएको छ। कार्यक्रममा दैनिक जीवनमा प्रयोग हुने वस्तुहरूलाई कलात्मक ढंगले देखाइएको थियो भने बालबालिकाहरूलाई खुसी पार्नका लागि अभिभावकहरूले कसरी कलाको प्रयोग गर्न सक्छन् भन्ने देखाउन खोजिएको थियो।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै कोबिदा किड्स प्रि स्कुलकी प्रिन्सिपल सम्झना बस्नेतले समग्रमा कार्यक्रम अत्यन्तै अर्थपूर्ण भएको प्रतिक्रिया दिइन्। विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थितिले भविष्यमा अझै धेरै कार्यक्रमहरू आयोजना गर्न विद्यालय प्रशासनलाई हौसला मिलेको उनको भनाई थियो । बालबालिकाहरूले सिकेको कुरा आफ्ना साथी तथा अभिभावकहरूका अगाडी प्रस्तुत गर्नु उनीहरूका लागि राम्रो मौका भएको भन्दै उनले अभिभावकहरूले समेत विभिन्न सिर्जनात्मक खेलहरूमा सहभागिता जनाई फाइदा लिएको भनाइ राखिन्। उनले बालबालिकालाई सिर्जनात्मक सिपको प्रयोग गर्दै खाना खुवाउने प्रतियोगिता समेत गरिएकाले कार्यक्रम अभिभावकका लागि पनि उपलब्धिमूलक बनेको उल्लेख गरिन्। बालबालिकाले दैनिक जीवनमा यी सीपहरू प्रयोग गर्ने विश्वास आफूले लिएको उनको भनाई थियो।
तपाईँ यहाँ क्लिक गरेर कार्यक्रम अवधिभर मात्र एजुकेसनले कैद गरेका तस्बिरहरू हेर्न सक्नुहुन्छ।