Matra Education आइतबार, साउन १० २०८३

टेक्सस इन्टरनेसनल कलेजको एनुअल स्पोर्ट्स मिट सम्पन्न

टेक्सस इन्टरनेसनल कलेजको एनुअल स्पोर्ट्स मिट सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, माघ ७ २०७९


काठमाडौँ- चाबहिल स्थित टेक्सस इन्टरनेसनल कलेजले एनुअल स्पोर्ट्स मिट सम्पन्न गरेको छ। कलेजले हरेक वर्ष एक हप्ता सम्म विविध गतिविधिहरू गर्दै सञ्चालन गर्ने एनुअल स्पोर्ट्स मिटको यो वर्षको संस्करण सम्पन्न भएको हो। गत पुस ३० गते उद्घाटन भए पश्चात् सुरु भएको प्रतियोगितात्मक कार्यक्रम हिजो माघ ६ गते कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रम बाट समापन भएको हो। समापन कार्यक्रममा प्रतियोगितात्मक गायन तथा नृत्य प्रतियोगिता पनि राखिएको थियो।

टेक्सस इन्टरनेसनल कलेजका एकेडेमिक चिफ प्रा.डा गोविन्द प्रसाद आचार्यको सभापतित्वमा तथा टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष प्रा.डा. केशव कुमार श्रेष्ठको उपस्थितिमा समापन कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै कार्यक्रममा साङ्गीतिक दुनियाँका चर्चित हस्तिहरू समन अधिकारी, महेश गोदार, प्रश्ना शाक्य र शारिका घिमिरेले विशेष अतिथि र निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा साता भर सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदका प्रतियोगिताहरूका विजयी र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो।

कार्यक्रम समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सस इन्टरनेसनल सेकेण्डरी स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको र सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। उनले कक्षा ११ देखि स्नातकोत्तर तह सम्म अध्ययनरत करिब ३००० विद्यार्थीहरूले विभिन्न प्रतियोगिताहरूमा भाग लिएको पनि जानकारी दिए। टेक्सस इन्टरनेसनलले सधैँ आधुनिक शिक्षा सँगै संस्कार र अध्यात्मवादको संयोजन गर्ने गरेको भन्दै उनले योग, ध्यान र खेलकुद मानव जीवनको अभिन्न अंग भएको उल्लेख गरे। यस किसिमका खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार पार्ने उनको भनाई थियो।

हिजै सम्पन्न गायन तथा नृत्य प्रतियोगितामा गायन तर्फ क्रमशः रोजन यादव प्रथम, मिङ्मा नूर्बू शेर्पा र सार्थक लामा द्वितीय, अनमोल श्रेष्ठ र आशुतोष उप्रेती तृतीय स्थान हासिल गर्न सफल भए। त्यस्तै नृत्य तर्फ डोल्मा तामाङ प्रथम हुँदा दिव्या गुरुङ द्वितीय र मनीषा राय तृतीय हुन सफल भए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड