काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले तिन वर्षे स्नातक तह अन्तर्गत बिए तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ साल फागुन महिनामा सञ्चालित मानविकी संकाय तर्फको स्नातक तह तिन वर्षे बिए तेस्रो वर्ष २०७८ सालको परीक्षाको परीक्षाफल सोमबार प्रकाशित भएको हो।
परीक्षाको परीक्षाफल वेबसाइटमा हेर्न सकिनेछ भने 3BA<Space>Symbol Number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।