काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले एक वर्ष पछि बिबिएस चौथो वर्षको नतिजा प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ साल पुस माघ महिनामा सञ्चालित व्यवस्थापन संकाय तर्फको स्नातक तह चार वर्षे बि.बी.एस. चौथो वर्ष २०७८ सालको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित भएको हो।
परीक्षाको परीक्षाफल वेबसाइटमा हेर्न सकिनेछ भने 4BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ । लब्धाङ्कपत्र सम्बन्धित क्याम्पसबाट वितरण हुने त्रिविले जनाएको छ ।
