Matra Education आइतबार, साउन १० २०८३

नेसनल प्याब्सनले भोलि रजत जयन्ती मनाउँदै, तयारी पुरा

नेसनल प्याब्सनले भोलि रजत जयन्ती मनाउँदै, तयारी पुरा

  • मात्र एजुकेशन
  • मंगलबार, पौस २६ २०७९


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले भोलि बुधवार राजधानीमा रजत जयन्ती मनाउने भएको छ । स्थापनाको २५औँ वर्ष पुरा गरेको गौरवपूर्ण अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने र काठमाडौँमा विशेष कार्यक्रम गर्दै रजत जयन्ती मनाउन लागिएको नेसनल प्याब्सनले जनाएको छ। बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सहित रजत जयन्ती कार्यक्रम सम्पन्न गर्ने नेसनल प्याब्सनको तयारी छ।

मात्र एजुकेसन सँग कुरा गर्दै नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले नेसनल प्याब्सन केन्द्रीय समितिको दोस्रो बैठकले यही पौष २७ गते नेसनल प्याब्सनको २५औँ स्थापना दिवस तथा रजत महोत्सव भव्य रूपमा मनाउने निर्णय गरेको र सोही अनुसार तयारी भइरहेको बताए। उनले मुलुकभरका सदस्य विद्यालय, पालिका समिति, जिल्ला समिति, प्रदेश समिति तथा केन्द्रीय समितिले विविध कार्यक्रमहरूको आयोजना गरी यो उत्सव मनाउने निर्णय भएको पनि उल्लेख गरे। केन्द्रीय समितिले देशभर विद्यार्थी केन्द्रित सेमिनार, गोष्ठी लगायतका कार्यक्रमका साथै सरकारद्वारा छात्रवृत्तिको नाममा विद्यार्थीहरू माथि गरिएको विभेदलाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमको ढाँचा तयार गर्न समेत निर्देशन दिइएको उनको भनाइ थियो। हमालले भोलिको कार्यक्रमका लागि सबै तयारी पुरा भएको पनि जानकारी दिए।

नेसनल प्याब्सन स्थापना दिवसकै अवसरमा भोलि बेलुकी नेसनल प्याब्सन विगत देखि वर्तमान एक शब्द चित्र नामक वृत्तचित्र प्रदर्शन तथा पत्रकार भेटघाट र रात्रि भोजको आयोजना पनि नेसनल प्याब्सनले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड