Matra Education आइतबार, साउन १० २०८३

नतिजा आउने बेलाको पुनः परीक्षा प्रकरण, त्रिविले दियो गैरजिम्मेवार जवाफ

नतिजा आउने बेलाको पुनः परीक्षा प्रकरण, त्रिविले दियो गैरजिम्मेवार जवाफ

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस २२ २०७९


काठमाडौँ- झापाको दमक बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह चौथो वर्ष अध्ययनरत विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको खबर मात्र एजुकेसनले शुक्रवार बिहान सबैभन्दा पहिले सार्वजनिक गरिसकेको छ। हामीले विशेष स्रोत बाट पाएको एसएमएसको स्क्रिन सट र क्याम्पस प्रमुखको जवाफ सहित यो खबर सार्वजनिक गरेका थियौँ। पटक पटक सम्पर्क गर्दा पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय र परीक्षा नियन्त्रकले फोन नउठाएपछि हामीले केही समय पछि फलोअप गर्ने जानकारी हाम्रा पाठकहरूलाई दिएका थियौँ। अहिले भने पुनः परीक्षा गर्नुपर्ने कारण बाहिर आएको छ।

प्राप्त जानकारी अनुसार उत्तरपुस्तिका हराएकोले डीन कार्यालयले फेरि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । उत्तरपुस्तिका जाँच गर्ने वेलामा दमक बहुमुखी क्याम्पसको मात्रै उत्तरपुस्तिका नभेटिएकाले परीक्षा गराउन त्रिवि पनिका बाध्य भएको हो। तर आफ्नो गल्ती लुकाउन त्यो परीक्षा केन्द्रमा समस्या आएको र विगतमा पनि पुनः परीक्षा भएको भन्दै गैर जिम्मेवार जवाफ परीक्षा नियन्त्रण कार्यालयले दिएको छ।

त्रिविले नतिजा दिनुपर्ने समयमा २ सय ७ जना विद्यार्थीको पुनः परीक्षा लिन लागेको भन्दै विद्यार्थी आक्रोशित छन्। ढिलासुस्ती र अनेक समस्याका कारण पटक पटक बदनाम त्रिवि आफ्नो गैर जिम्मेवार काम र जवाफका कारण एकपटक फेरी बदनाम भएको छ भने आफ्नो विश्वसनीयता अझै गुमाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड