Matra Education आइतबार, साउन १० २०८३

भायानेट कम्युनिकेसनकी सीईओ पाठकलाई लिडरशिप फिमेल अफ द इयर २०२२ सम्मान

भायानेट कम्युनिकेसनकी सीईओ पाठकलाई लिडरशिप फिमेल अफ द इयर २०२२ सम्मान

  • मात्र एजुकेशन
  • मंगलबार, पौस १९ २०७९


काठमाडौँ- भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उहाँ देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुनुहुन्छ।

सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा आउनुभएको पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो। उहाँको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको छ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड