Matra Education आइतबार, साउन १० २०८३

जन्मभूमि सहकारीले गर्‍यो भुमेश्वरी माध्यमिक विद्यालयलाई खेल सामग्री प्रदान

जन्मभूमि सहकारीले गर्‍यो भुमेश्वरी माध्यमिक विद्यालयलाई खेल सामग्री प्रदान

  • मात्र एजुकेशन
  • आइतबार, पौस १७ २०७९


काठमाडौँ- जन्मभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेलम्बु-२, सिन्धुपाल्चोकले सोही स्थानमा अवस्थित भुमेश्वरी माध्यमिक विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ। विगतका वर्षहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्व निभाउन विभिन्न क्षेत्रमा काम गरेको सहकारीले यो वर्ष भने विद्यालयको खेलकुद विकासमा योगदान गरेको हो। सहकारीको माध्यम बाट बचत संकलन तथा ऋण लगानी गरी ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन आफूहरू क्रियाशील रहेको र यही समाजको सदस्यहरू भएका कारण नियमित व्यावसायिक क्रियाकलापका साथै विभिन्न सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग प्रदान गरेको सहकारी व्यवस्थापनले जनाएको छ।

मात्र एजुकेसन सँग कुरा गर्दै सहकारीका अध्यक्ष गणेश गुरागाईँले सहकारी परिवार विद्यालय प्रशासन सँगको समन्वयमा विद्यार्थीहरुकाे शैक्षिक, शारीरिक तथा सर्वाङ्गीण विकासमा सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरे। आगामी दिनहरूमा पनि सहकारीको मुनाफाको निश्चित प्रतिशत पालिका भित्रका शिक्षा, स्वास्थ्य, महिला बालबालिका लगायतको क्षेत्रमा लगानी गर्ने र समाज विकासमा टेवा पुर्‍याउने उनको प्रतिबद्धता थियो। त्यस्तै निकट भविष्यमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, अतिरिक्त कक्षा (कोचिङ) सञ्चालन गर्ने, शैक्षिक सामाग्री वितरण गर्ने लगायतका क्षेत्रमा आफूहरूको संलग्नता रहने उनले बताए।

सहकारीले फुटबल २ वटा, भलिबल २ वटा, भलिबल नेट १ सेट, ब्याडमिन्टन २ सेट, ब्याडमिन्टन कर्क १ रोल, चेस २ सेट, स्किपिङ डोरी ८ सेट गरी कुल रु १५,००० मूल्य बराबरको सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड