Matra Education बुधबार, कार्तिक ११ २०८३

‘एकान्त’ कथा संग्रह लिएर आए साहित्यकार निर्मलकुमार थापा

‘एकान्त’ कथा संग्रह लिएर आए साहित्यकार निर्मलकुमार थापा

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस ८ २०७९


काठमाडौँ- साहित्यकार निर्मलकुमार थापाको नयाँ कथाहरुको संग्रह एकान्त सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक भव्य समारोह माझ कथा संग्रह विमोचन गरीएको हो । लोकप्रिय प्रयोगवादी लेखक कुमार नगरकोटी र नेपाली सिनेमा उद्योगका चर्चीत कलाकार तथा अध्यात्मीक उत्प्रेरक निखील उप्रेति, शिल्पी थेयटरका प्रमुख निर्देशक घिमिरे युवराज र लेखक स्वंयमले कृतिको लोकार्पण गरेका हुन् ।

निखील, निर्मल र नगरकोटीको त्रियोगीय संवादशैलीको विमोचन कार्यक्रममा सहजकर्ताको रुपमा नाटक निर्देशक घिमिरे युवराजको बिशेष टिप्पणीणात्मक जोडान रहेको थियो । कार्यक्रममा नगरकोटीले निर्मल थापासँगको जेब्राक्रसीगं भेटको स्मरण खुलाउँदै आपसमा आम कुराकानी मात्र भन्दा पनि सत्सँग भन्न मिल्ने बताउँदै थापाको सम्मानमा तीनवटा उत्कृष्ट कविता वाचन गरेका थिए । त्यस्तै चर्चित नायक निखिल उप्रेतिले राम्रा कथाको अभावका कारण नेपाली सिनेमा निर्माण सवल हुन नसकेको धारणा राखे । आफ्नो साहित्यकारहरु सँगको उठबस र लेखपढको गम्भिरता निर्मल थापासँगको सम्बन्धपछि नै अघि बढेको उनले बताए। उप्रेतिले विमोचित कृती एकान्तको सर्सती अध्ययन भन्दा पनि कृति लेखीनु पहिलेको अवस्था र कृति प्रकाशित भइसकेपछिको मनोदशाबारे पनि अध्ययन गरीसकेको अभिव्यक्ति दिँदा हलमा ताली गुञ्जिएको थियो ।

सर्जक निर्मल थापाले लेखेका पूर्वप्रकाशित कथाहरु एकादेशमा र एकालाप पछिको ट्रीओलजी अन्तर्गतको अन्तिम कृतीका रुपमा एकान्त प्रकाशित भएको हो । यस कथा संग्रहमा लेखकका उन्नाइस वटा नयाँ कथाहरु समावेश गरिएका छन् । पुस्तकलाई नेपाल सेन्टरले प्रकाशन गरेको हो । पुस्तकको मुल्य पाँच सय राखिएको छ भने यसको उपलब्धता देशभरका मुख्य पुस्तक पसल तथा अनलाईन मार्फत अर्डर गर्न सकिने कुरा बजार व्यवस्थापक बिनय दत्तले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड