Matra Education आइतबार, साउन १० २०८३

एसईईमा लागु भयो नयाँ व्यवस्था, अब ‘सी ग्रेड’ प्राप्त विद्यार्थीले सोही विषयको मात्र परीक्षा दिन पाउने

एसईईमा लागु भयो नयाँ व्यवस्था, अब ‘सी ग्रेड’ प्राप्त विद्यार्थीले सोही विषयको मात्र परीक्षा दिन पाउने

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस ८ २०७९


काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ ।

कर्यालयले सूचना जारी गर्दै कक्षा गत बैशाखमा सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी भदौ ११ र १२ गतेको पूरक (ग्रेड वृद्धि) परीक्षामा सम्मिलिन भएका र कम्तीमा सी ग्रड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउन सबै शिक्षा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।

बोर्डबाट मंसिर ८ गते प्रकाशित २०७९ सालको एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने भन्ने विषयमा केही जिल्लाहरुमा द्विविधा भएको जानकारी आएकाले स्पष्ट हुन सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड