Matra Education आइतबार, साउन १० २०८३

विदेश अध्ययनका लागि पाँच महिनामा ३८ हजार बढीले लिए एनओसी

विदेश अध्ययनका लागि पाँच महिनामा ३८ हजार बढीले लिए एनओसी

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ५ २०७९


काठमाडौँ- पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका छन् ।

शाखाको तथ्यांक अनुसार सबै भन्दा बढी अष्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियाका लागि नेपालीले एनओसी लिएका छन् । शाखा प्रमुख बासुदेव वस्तीले अहिले औषतमा दैनिक तीन सय विद्यार्थीले एनओसीका लागि आवेदन दिईरहेको बताए ।

शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरेको छ । एनओसी मार्फत सरकारले यो पछिल्लो पाँच महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व संकलन गरेको छ । शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड