Matra Education आइतबार, साउन १० २०८३

टेक्सस मन्टेश्वरी स्कुलको ‘ट्यालेन्ट सो’ कार्यक्रम सम्पन्न

टेक्सस मन्टेश्वरी स्कुलको ‘ट्यालेन्ट सो’ कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, पौस २ २०७९


काठमाडौँ- चाबहिलमा रहेको टेक्सस मन्टेश्वरी स्कुलले ‘ट्यालेन्ट सो’ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार टेक्सस इन्टरनेसनल स्कुलमा आयोजित एक कार्यक्रमका बिच टेक्सस मन्टेश्वरीले आफ्ना अभिभावकहरूलाई साक्षी राख्दै उनीहरूलाई आफ्ना बालबालिकाहरूको सुन्दर प्रस्तुति र प्रतिभा देखाएको हो। कार्यक्रममा करिब २०० बालबालिकाहरूले आफ्नो प्रस्तुति दिएका थिए।

टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्टेश्वरीका अभिभावक, विद्यार्थी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरू सहित शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कलिला बालबालिकाहरूको प्रस्तुतिले सबैलाई मोहित पारेको कार्यक्रममा बालबालिकाको प्रतियोगी प्रस्तुतिको मुल्यांकन गर्ने जिम्मा भने चर्चित नायिका तथा मोडल रिमा विश्वकर्मा तथा म्युजिक भिडियो निर्देशक समन अधिकारीले पाएका थिए।

मात्र एजुकेसन सँग कुरा गर्दै कार्यक्रमका सभापति तथा टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए। समयमै विद्यार्थीको रुचि, चाहना, क्षमता पहिचान गरी त्यसलाई विकास गर्न सके आजको प्रतिस्पर्धात्मक युगमा उनीहरूले त्यसैलाई आफ्नो करियर बनाउन सक्ने र यसरी उनीहरूको भविष्य सुरक्षित हुनसक्ने उनको धारणा थियो। बालबालिकाहरूलाई आपसमा प्रतिस्पर्धा गराई विजयी हुनेलाई पुरस्कृत पनि गरिने हुँदा यसले उनीहरूमा मैले अझै राम्रो गर्नुपर्छ भन्ने भावनाको विकास हुने उनको भनाई थियो।

टेक्सस मन्टेश्वरी देखि मास्टर्स सम्म पढाइ हुने प्रतिष्ठित शैक्षिक संस्था हो। यसले यस किसिमका थुप्रै कार्यक्रमहरू गर्दै आएको छ। तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड