Matra Education आइतबार, साउन १० २०८३

कहिले आउँछ प्राविको नतिजा ? यस्तो छ आयोगको तयारी

कहिले आउँछ प्राविको नतिजा ? यस्तो छ आयोगको तयारी

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर २५ २०७९


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग यतिबेला गत वर्ष सञ्चालन भएका तिनै तहको खुला तर्फको शिक्षक छनोटको परीक्षा नतिजाको तयारीमा छ। जस अन्तर्गत आयोगले माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरिसकेको छ भने निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेर अन्तर्वार्ताको तयारी गरिरहेको छ । मङ्सिर २८ गते सञ्चालन गर्ने अन्तर्वार्ता कार्यक्रम पुस ४ गते सम्म सक्ने गरी आयोग अघि बढेको छ। यस बिचमा प्राथमिक तहको नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने कौतुहलता बढेको छ।

आयोग स्रोतले दिएको जानकारी अनुसार निमावि तहका सबै विषय शिक्षक नियुक्तिका लागि सिफारिस गरिसकेपछि मात्र प्राथमिक तहको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसो गर्दा उम्मेदवारहरू नदोहोरिने र प्राविमा अन्य योग्य उम्मेदवारहरू आउने आयोगको विश्वास छ।

आयोगको २०७९ सालको वार्षिक कार्यतालिका अनुसार पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको नयाँ विज्ञापन खुल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड