Matra Education सोमबार, साउन ११ २०८३

मङ्सिर २३ गते त्रिविको ४८ औँ दीक्षान्त समारोह हुने

मङ्सिर २३ गते त्रिविको ४८ औँ दीक्षान्त समारोह हुने

  • मात्र एजुकेशन
  • सोमबार, मंसिर १२ २०७९


फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार आयोजना हुने भएको छ । सोमबार एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा ४८ औँ दीक्षान्त समारोह आयोजना गरिने जनाएको हो।

सूचनामा त्रिविले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको लागि सबैभन्दा अगाडि नाम लेखेर नै बस्ने व्यवस्था गरेको उल्लेख छ । त्यस्तै समारोहको दिन विद्यार्थीहरूलाई आ आफ्नो गाउन,स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्न पनि त्रिविले सूचित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड