काठमाडौँ- क्षेत्रपाटीमा रहेको ह्वाइटफिल्ड इन्टरनेसनल कलेजले स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिवार कलेजको सभाहलमा आयोजित एक भव्य कार्यक्रमका बिच ह्वाइटफिल्डले कक्षा ११ मा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई स्वागत गरेको हो । रक्तकाली एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशक गोपाल कृष्ण श्रेष्ठको अध्यक्षता तथा समाजसेवी/ उत्प्रेरक वक्ता अभिलास आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथिका रूपमा एम्बेसडर नेपालकी प्रमुख एलिना श्रेष्ठ, कोरियोग्राफर युमि बलामी लगायत रहेका थिए भने ह्वाइटफिल्डका शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रमकै अवसर पारेर कलेजले मिस्टर एन्ड मिस ह्वाइटफिल्ड-२०२२ प्रतियोगिता पनि सञ्चालन गरेको थियो । विद्यार्थीहरूमा अन्तर्निहित रहेको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरूको व्यक्तित्व विकासका लागि योगदान गर्ने उद्देश्य सहित उक्त इभेन्ट सञ्चालन गरिएको ह्वाइटफिल्ड प्रशासनले जनाएको छ । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विविध सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित सबैको मन जितेको थियो।
प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीलाई पछि पार्दै सुजत डंगोल मिस्टर ह्वाइटफिल्ड २०७९ हुँदा अप्सरा थापाले मिस ह्वाइटफिल्ड २०७९ को ताज पहिरिन्। त्यस्तै नीराजन रञ्जित र आङ सिरी डोल्मा तामाङ क्रमशः मिस्टर एन्ड मिस ह्वाइटफिल्डको फस्ट रनर अप हुन् सफल भए। अन्य विधाका उपाधिहरूमा ‘बेस्ट वाक’ निर्जल राज बज्राचार्य र दिपु लामा, ‘बेस्ट स्माइल’ आभास भुजेल र सजना मगरलाई प्राप्त हुँदा ‘बेस्ट ट्यालेण्ट’ निर्जल राज बज्राचार्यले हात पारे।
तपाईँ यहाँ क्लिक गरेर उक्त कार्यक्रमका थप तस्बिरहरू हेर्न सक्नुहुन्छ ।