काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तहको गणित विज्ञान विषयको नतिजा प्रकाशित गरेको छ।
शनिवार एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७८ / १२ / १७ र २०७९/०३/११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल भएका उम्मेदवारहरूको नाम प्रकाशित गरेको हो। आयोगले अन्तर्वार्तामा उपस्थित हुन सफल उम्मेदवारहरूलाई सूचित पनि गरेको छ।
आयोगको मिति २०७९/०८/१० गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । तपाईँ यहाँ क्लिक गरेर नतिजा हेर्न सक्नुहुन्छ।