काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह अन्तर्गत चार वर्षे बिएड चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ।
शिक्षाशास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह बिएड चौथो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।
नतिजा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ। त्यस्तै बिएड टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी ३३६२४ मा एस.एम.एस गरेर पनि हेर्न सकिन्छ।