Matra Education आइतबार, साउन १० २०८३

लाचार त्रिवि, आफैंले बनाएको व्यवस्था उल्लङ्घन गर्दै १५ महिनापछि नतिजा प्रकाशित

लाचार त्रिवि, आफैंले बनाएको व्यवस्था उल्लङ्घन गर्दै १५ महिनापछि नतिजा प्रकाशित

  • रमेश लामिछाने
  • बिहिबार, मंसिर १ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिनापछि चार वर्षे बिए तथा बिबिएस प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले यी दुवै संकायका परीक्षा २०७८ साउनमा लिएको थियो।

अनेक बहाना बनाएर आफ्नो असक्षमतालाई लुकाउँदै आएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय यस वर्ष पनि त्यस्तै कारण देखाएर उम्किएको छ। कार्यालयले जनशक्तिको अभाव, चाडपर्व तथा तालाबन्दीका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बताएको छ। तर गत वर्ष पनि त्रिविले यस्तै कारणहरू देखाएर स्नातक तह प्रथम वर्षको नतिजा १० महिनामा मात्रै प्रकाशित गरेको थियो। यो वर्ष त उसले आफ्नै कीर्तिमानी रेकर्ड तोड्दै त्यसलाई १५ महिना पुर्‍यायो। कतिसम्म भने प्रथम वर्षको परीक्षा दिएका परीक्षार्थीहरू हाल तेस्रो वर्षमा अध्ययन गर्दै आएका छन् । तेस्रो वर्षमा पुग्दा पनि त्रिविले नतिजा प्रकाशन गर्न सकेको थिएन। १५ महिना सम्म नतिजा प्रकाशित नहुँदा विद्यार्थीहरूमा अन्यौलता छाएको थियो।

त्रिवि आफैँले बनाएको नियम अनुसार परीक्षा लिएको तिन महिना भित्र नतिजा प्रकाशित गरिसक्नुपर्ने उल्लेख छ। तर यो व्यवस्था भने विरलै कार्यान्वयन हुन्छ। कागजमा मात्रै सीमित यो कानुनी व्यवस्थाले त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई गिज्याइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड