काठमाडौँ- शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा नामावली प्रकाशित गरेको छ। आयोगले निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीको लुम्बिनी प्रदेशको शिक्षक बढुवा गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै सचिवालयले बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी प्रदेश, दाङको विभिन्न मितिको निर्णयअनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली-२०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई छनोट गरेको जनाएको हो।
साथै प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा निर्देशनालयमा आवश्यक राजस्व जामा गरी उजुरी दिन सकिने पनि सूचनामा उल्लेख छ।
