Matra Education आइतबार, साउन १० २०८३

चुनाबका लागि मंसिर १ देखि पाँच दिन बन्द हुने भयो त्रिभुवन विश्वविद्यालय

चुनाबका लागि मंसिर १ देखि पाँच दिन बन्द हुने भयो त्रिभुवन विश्वविद्यालय

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक २५ २०७९


काठमाडौँ- आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।

त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड