काठमाडौँ- शिक्षक सेवा आयोगले हिजो शुक्रबार महत्त्वपूर्ण सूचना जारी गरेको छ। पछिल्लो समय माध्यमिक तहको नतिजा धमाधम प्रकाशित गर्दै आएको आयोगले थप तिन विषयको नतिजा जारी गर्दै सूचना निकालेको हो।
सूचना अनुसार आयोगले शुक्रबार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नेपाली विषयको प्रदेश न.१ र गण्डकी प्रदेशको र बागमती प्रदेशको विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको छ।
अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा आयोगको मिति २०७९/०७/०४ गतेको निर्णय अनुसार सिफारिस गरिएको हो।
नतिजा आयोगको वेबसाइट वा तलका लिंकहरुमा क्लिक गरेर हेर्न सकिनेछ।
प्रदेश न.१ नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
गण्डकी प्रदेशको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
बागमती प्रदेशको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्