काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको विज्ञान शिक्षक सिफारिस गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेशको विज्ञान विषयको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको हो।
अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा आयोगको मिति २०७९/०६/३१ गतेको निर्णय अनुसार सिफारिस गरिएको हो।
नतिजा आयोगको वेबसाइट वा यो लिंकमा क्लिक गरेर हेर्न सकिनेछ।