Matra Education आइतबार, साउन १० २०८३

के तपाईँ लेखनमा रुचि राख्नुहुन्छ ? यता छ है अवसर

के तपाईँ लेखनमा रुचि राख्नुहुन्छ ? यता छ है अवसर

  • मात्र एजुकेशन
  • आइतबार, असोज २३ २०७९


काठमाडौँ- यदि तपाईँ लेखनमा रुचि राख्नुहुन्छ भने हामीले तपाईँका लागि खुसीको खबर ल्याएका छौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तपाईँलाई आफ्नो क्षमता देखाउने अवसर दिने भएको छ।

केन्द्र अन्तर्गत पाठ्यक्रम तथा सामग्री शाखाले नयाँ पाठ्यक्रम अनुसार अनिवार्य नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको हुँदा यो तपाईँका लागि एउटा सुनौलो अवसर हुनसक्छ।

चालु आव २०७९–८० मा केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खुला विद्यालय तर्फका कक्षा ११ र १२ का सामग्री लेखनका लागि योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने गरी आवेदन माग भएको छ ।

सम्बन्धित विषयमा स्नातकोत्तर योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि (सामाजिक विषयका हकमा सामाजिक अध्ययन र सामाजिक विज्ञान सम्बद्ध क्षेत्रका विषयमा स्नातकोत्तर गरेका, खुला विद्यालय तर्फका स्वाध्ययन सामग्री लेखनमा अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्ने केन्द्रद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड