Matra Education आइतबार, साउन १० २०८३

राष्ट्रिय परीक्षा बोर्डद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

राष्ट्रिय परीक्षा बोर्डद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, असोज १३ २०७९


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको हिजोको निर्णयानुसार नतिजा प्रकाशित गरिएको हो ।

सो परीक्षामा ग्रेडवृद्धितर्फ १० हजार ३५३, आंशिकतर्फ १ हजार २८० गरी कूल ११ हजार ६३३ सहभागी भएकोमा ५९१ जनामात्र उत्तीर्ण भएका छन् । बोर्डले अहिले प्रकाशन गरेको नतिजा अनुसार सो परीक्षामा ४६.१७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको र नेपाल टेलिकमकोको वेबसाइटमा हेर्न सकिने छ ।

२०७९ सालको कक्षा ११ को अंकाङ्कन पद्वति (आंशिक) तर्फ उत्तीर्ण परीक्षार्थीहरूको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड