Matra Education आइतबार, साउन १० २०८३

टेक्सस इन्टरनेसनल कलेजको दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

टेक्सस इन्टरनेसनल कलेजको दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, असोज १२ २०७९


काठमाडौँ- चाबहिल काठमाडौँमा रहेको टेक्सस इन्टरनेसनल कलेजले दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलवार टेक्सस कलेजको सिफल ब्लकमा आयोजित कार्यक्रमले साँच्चै यो कलेज आफ्नो छुट्टै पहिचान बोकेको छ भन्ने कुरालाई प्रमाणित गर्दै सम्पन्न भएको हो। डिनर सहितको शुभकामना आदानप्रदान कार्यक्रममा कलेजमै बिएचएम अध्ययनरत विद्यार्थीले बनाएका परिकारहरूको स्वाद सँगै अतिथिहरूलाई विद्यार्थीको प्रस्तुतिले मन्त्रमुग्ध बनाइएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले टेक्सस परिवारको निमन्त्रणालाई स्वीकार गर्दै उपस्थित भएका अतिथिलाई धन्यवाद दिए। आफ्नो कलेजको छोटो परिचय सहित शुभकामना दिएका उनले टेक्ससले मन्टेश्वरी देखी मास्टर्स सम्म पढाई हुने स्तरीय शैक्षिक संस्थाको परिचय बनाएको बताए। उनले आउँदै गरेका चाडपर्वहरूले सम्पूर्ण नेपालीको मुहारमा खुसीको बहार ल्याउने विश्वास व्यक्त गरे।

शुभकामना आदानप्रदान कार्यक्रममा टेक्ससका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारीहरू सहित शुभचिन्तक शुभेच्छुकहरूको उपस्थिति रहेको थियो भने विभिन्न संघ संस्थालाई प्रतिनिधित्व गर्दै अतिथिहरूको पनि सहभागिता रहेको थियो।

हरेक वर्ष यस किसिमका कार्यक्रमहरू फरक तरिकाले गर्दै आएको टेक्ससले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको थियो। आज कलेजले उत्पादन गरेका बिएचएमका विद्यार्थीहरूले नै भोलिको हस्पिटालिटि इन्डस्ट्री धान्ने हुँदा उनीहरूलाई गेस्ट सर्भ गर्न सिकाउनु र उनीहरूले तयार गरेका डिसहरु अतिथिलाई चखाउनु कार्यक्रमको उद्देश्य थियो। यस्ता कार्यक्रमले विद्यार्थी अझै उत्प्रेरित र मेहनती हुन्छन् भन्ने कलेजको दाबी थियो।

यो बाहेक अर्को एउटा महत्त्वपूर्ण सन्देश पनि टेक्ससले आफ्नो कार्यक्रम मार्फत दिएको छ। कार्यक्रमको मध्यतिर स्टेजमा गीत गाउन उक्लिएको एउटा समूहमा टेक्ससका विद्यार्थी र शिक्षक दुवैको सहभागिता रहेको थियो। मिठो वाद्यवादनमा स्टेजमा गीत गुन्जिरहँदा स्वर दिँदै थिए कलेजका शिक्षकहरू। यसले टेक्ससका प्राध्यापकहरू वास्तवमै आफ्ना विद्यार्थीहरूलाई प्रोत्साहन र मार्गनिर्देश गर्नका लागि अब्बल छन् भन्ने प्रमाणित गरेको छ। त्यस्तै विद्यार्थीहरूले दिएको सांगीतिक प्रस्तुति अझै मनमोहक थियो। यस्ता प्रस्तुति विद्यार्थीका लागि एउटा सुखद संयोग र अनन्त स्मृति बन्न सक्छन्।

बिएचएमको पढाइ गत वर्ष बाट मात्रै सुरु गरेको टेक्ससले आफ्नो गुणस्तर पनि कार्यक्रममा देखाएको थियो। कार्यक्रममा विद्यार्थीले बनाएका खानेकुरा कुनै प्रतिष्ठित तारे होटलको भन्दा कम थिएन।

तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड