Matra Education आइतबार, साउन १० २०८३

यस्ता विषय समावेश छन् शिक्षाको सोचपत्र-२०७९ मा

यस्ता विषय समावेश छन् शिक्षाको सोचपत्र-२०७९ मा

  • मात्र एजुकेशन
  • बुधबार, असोज ५ २०७९


काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र-२०७९ सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले शिक्षासम्बन्धी दिगो बिकास लक्ष्यलाई समेत मध्येनजर गर्दै शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्नका लागि तयार गरिएको सोचपत्र सार्वजनिक गरिएको हो ।

सोचपत्रमा शिक्षा नीतिले तोकेका १३ उद्देश्य समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । प्रारम्भिक वाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रुपान्तरणको क्षेत्र र अपेक्षित उपलव्धी तथा सुधारका कार्यहरु सोचपत्रमा समावेश गरिएको मन्त्री पौडेलले बताए । उनले गत आर्थिक वर्षमा शिक्षा सेवा आयोगको नियमावली ११ औं संशोधन भएको,दश बर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत लगाएतका काम भएको जानकारी दिए ।

भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ विद्यालयमध्ये थप ६६१ बिद्यालयको निर्माण कार्य सम्पन्न भइ हालसम्म कुल ७ हजार २ सय ७५ विद्यालयको पुननिर्माणको काम सम्पन्न भएको मन्त्री पौडेलले बताए । उनले करिव २७ हजार सार्वजनिक बिद्यालय मध्ये १३ हजार विद्यालयहरुको भौतिक पूर्वाधारहरु तुलानात्मक रुपमा बनेको धारणा राखे । बाँकी बिद्यालयको भौतिक पूर्वाधारहरु तीन बर्षभित्र निर्माण गरिने उनको भनाई छ ।

उनले १० बर्षमा ११ प्रतिशत शिक्षण सिकाईमा प्रगति भएको बताए । त्यस्तै, गत आर्थिक वर्षमा १ लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहमति पत्र उपलव्ध गराइएको र ९१ जना विद्यार्थीहरुलाई प्राविधिक बिषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति उपलव्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड