Matra Education बिहिबार, कार्तिक १२ २०८३

आयोगले प्रकाशित गर्‍यो बढुवाको सूचना, यी हुन् बढुवा हुनेहरू

आयोगले प्रकाशित गर्‍यो बढुवाको सूचना, यी हुन् बढुवा हुनेहरू

  • मात्र एजुकेशन
  • मंगलबार, असोज ४ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा नामावली प्रकाशित गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै सचिवालयले बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी प्रदेश, दाङको विभिन्न मितिको निर्णयअनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली-२०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई छनोट गरेको जनाएको हो।

साथै प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा माध्यमिक तह प्रथम श्रेणीको शिक्षकले रु.७५०/-, माध्यमिक द्वितीय र निम्न माध्यमिक प्रथम श्रेणीको शिक्षकले रु.६००/- कार्यालय कोड २५०२१३३०३ र राजस्व शीर्षक १४२२४ मा जम्मा गरी यस निर्देशनालयमा उजुरी दिन सकिने पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड