Matra Education आइतबार, साउन १० २०८३

सामाजिक सञ्जालमा निमावि नतिजाको हल्ला, यसो भन्छन् आयोगका प्रवक्ता

सामाजिक सञ्जालमा निमावि नतिजाको हल्ला, यसो भन्छन् आयोगका प्रवक्ता

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २६ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको नतिजा प्रकाशित गरिसके सँगै यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले व्यापक चर्चा पाएको छ। त्यो हो आजै निमावि लाइसेन्सको नतिजा आउने चर्चा। आयोग आफैँले यस्तो संकेत नगरे पनि आजै नेपाली विषयको नतिजा प्रकाशित हुने भन्ने चर्चा भए सँगै मात्र एजुकेसनले यो भ्रम बारे अध्ययन गरी यो खबर तयार गरेको छ।

आयोगको वार्षिक कार्यतालिका अनुसार पनि यो विषय मेल नखाने हुँदा हामीले आयोग सँगै यो जिज्ञासा राखेका थियौँ। मात्र एजुकेसन सँग कुरा गर्दै आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले यो हल्ला निराधार भएको पुष्टि गरे। उनले अगाडी भने, ” माविको नतिजा प्रकाशित भए सँगै अब कार्यतालिकामा उल्लेख गरिए अनुसार आयोग अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन तिर लाग्नेछ। निमाविको नतिजा प्रकाशन पनि कार्यतालिकाले तोकेकै समयमा हुन्छ “। उनको आशय अनुसार कार्तिक मङ्सिरमा मात्रै नतिजा प्रकाशित हुनेछ।

मात्र एजुकेसनले शिक्षक सेवा आयोग सम्बन्धी हरेक गतिविधि द्रुत र विश्वसनीय ढंगबाट प्रकाशन गर्दै आएको छ। हरेक ताजा अपडेट पाउनका लागि तपाईँ यहाँ क्लिक गरेर हाम्रो फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड