Matra Education आइतबार, साउन १० २०८३

अपेन बुढानीलकण्ठले ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ आयोजना गर्ने

अपेन बुढानीलकण्ठले ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ आयोजना गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २६ २०७९


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठ नगर कमिटिले ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ आयोजना गर्ने भएको छ। २०७५ सालमा आयोजित पहिलो अपेन किड्स ट्यालेन्ट ट्रायलको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गर्न लागिएको अपेन बुढानीलकण्ठ नगर कमिटिले जनाएको छ।

अपेन बुढानीलकण्ठ नगर कमिटिको आयोजनामा सम्पन्न हुने कार्यक्रम आगामी भदौ ३० गतेका लागि तय गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादिमा सम्पन्न हुने कार्यक्रममा २६ विद्यालयका ५०० बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति रहनेछ।

मात्र एजुकेसन सँग कुरा गर्दै अपेन बुढानीलकण्ठका बरिष्ठ उपाध्यक्ष बिनोद थापाले अपेन बुढानिलकण्ठले समस्त बालबालिका, प्राचार्य, तथा शिक्षक कर्मचारीको शैक्षिक, सामाजिक क्षमता अभिवृद्धिको लागि कार्य गर्दै आएको र यो कार्यक्रम त्यसैको निरन्तरता भएको बताए । यो कार्यक्रमले कोभिडको कारण अतिरिक्त क्रियाकलापमा भाग लिन नपाएका नानीबाबुहरूलाई क्षमता अभिवृद्धिका लागि प्रशस्त सम्भावनाका ढोकाहरू खोल्ने उनको विश्वास थियो।

अपेन बुढानीलकण्ठले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गर्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड