Matra Education आइतबार, साउन १० २०८३

श्री बुद्ध आधारभूत विद्यालयमा आश्रय गृहको सहयोग

श्री बुद्ध आधारभूत विद्यालयमा आश्रय गृहको सहयोग

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २६ २०७९


काठमाडौँ- आश्रय गृह नामक सामाजिक संस्थाले ललितपुरको दलचोकी स्थित श्री बुद्ध आधारभूत विद्यालयमा सहयोग सामग्री हस्तान्तरण गरेको छ। शनिबार ललितपुरको यो विकट गाउँ पुगेको संस्थाको टोलीले विद्यालयमा स्टेसनरी, खेलकुद तथा इसिडि कक्षामा आवश्यक सामग्री वितरण गरेको हो।

विकट ठाउँको विद्यालयमा पढ्ने बालबालिकाहरूको शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक विकासमा थोरै भए पनि योगदान दिन सकिन्छ भन्ने लागेर सहयोग गरेको संस्थाकी अध्यक्ष दिपा लामिछानेले मात्र एजुकेसनलाई बताइन्। संस्थाले सामाजिक कल्याणका काम गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि यो निरन्तर जारी रहने उल्लेख गरिन्। शनिबार उनी सँगै संस्थाका अन्य सदस्यहरू सरोज लामिछाने, सुनिल शाही, स्मिता खड्का र नारायण लामिछाने विद्यालय पुगेका थिए।

सहयोग प्राप्त गरिसकेपछि विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र केसीले विद्यालयको तर्फबाट आश्रय गृहलाई धन्यवाद दिएका थिए। यस किसिमका मानवीय कार्यमा संस्था सधैँ लागिरहनेछ भन्ने विश्वास आफूले लिएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड