Matra Education आइतबार, साउन १० २०८३

त्रिविले खोल्यो चार वर्षे स्नातक तहमा नयाँ भर्ना (सूचना सहित)

त्रिविले खोल्यो चार वर्षे स्नातक तहमा नयाँ भर्ना (सूचना सहित)

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र २० २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय बल्खु, काठमाडौँले चार वर्षे स्नातक तहमा नयाँ भर्ना खोलेको छ।

एक सूचना जारी गर्दै कार्यालयले शिक्षा शास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक सत्र २०७९/०८० का लागि स्नातक तह (चार वर्षे वि.एड.) प्रथम वर्षमा नयाँ भर्ना हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ मा समग्रमा C (ग्रेड पोइन्ट २.०१ देखि माथि) प्राप्त गरेका वा १०+२ सो सरहको तहमा कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूले सम्बन्धित क्याम्पसहरूमा भर्ना आवेदन फाराम भरी/भराई बुझाउन अनुरोध गरेको हो।

कार्यालयले त्रि.वि. कार्यकारी परिषद्को निर्णयअनुसार सम्बन्धन प्राप्त क्याम्पसहरूले सम्बन्धन लिएको प्रत्येक विषयमा कम्तीमा १० जनाभन्दा कम विद्यार्थी भएमा भर्ना नगर्न पनि सूचित गरेको छ। सूचना अनुसार भर्ना आवेदन फाराम वितरण २०७९ भाद्र २१ गतेदेखि मङ्सिर १० गतेसम्म, भर्ना २०७९ मङ्सिर १६ गतेसम्म र कक्षा सञ्चालन २०७९ मङ्सिर १८ गतेदेखि हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड