काठमाडौँ- शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुर हेटौडाले माध्यमिक तहको अध्यापन अनुमतिपत्र वितरण सम्बन्धी सूचना प्रकाशित गरेको छ।
इकाई प्रमुख दिनानाथ गौतमले जारी गरेको सूचनामा मकवानपुर जिल्लाबाट परीक्षा दिई माध्यमिक तहको अध्यापन अनुमति पत्रमा सफल भएका उम्मेदवारहरूले सूचनामा उल्लिखित सक्कल कागजात र सोको प्रमाणित प्रतिलिपि सहित अध्यापन अनुमतिपत्र बुझिलिन सूचित गरिएको छ।
साथै नागरिकतामा उल्लिखित स्थानीय तहको नाम र वडा फरक परेको भए स्थानीय तहको सिफारिस लिएर आइ शिक्षण लाइसेन्स बुझ्न सकिने पनि जनाइएको छ।
