Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को नतिजा आज प्रकाशित हुने

कक्षा १२ को नतिजा आज प्रकाशित हुने

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र १४ २०७९


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको जनाएको छ ।

नतिजा सार्वजनिक गर्ने प्रयोजनका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौँ । सम्भवतः आज नभए जतिसक्दो चाँडो रिजल्ट निकाल्छौँ’, अर्यालले भने ।

गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड