Matra Education आइतबार, साउन १० २०८३

राजधानीमा विद्यालय कर्मचारीको शक्ति प्रदर्शन, १० हजारले एक स्वरमा भने, ‘हाम्रो माग पुरा गर’

राजधानीमा विद्यालय कर्मचारीको शक्ति प्रदर्शन, १० हजारले एक स्वरमा भने, ‘हाम्रो माग पुरा गर’

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ९ २०७९


काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले बिहीबार राजधानीमा विरोध र्‍याली निकालेको छ। बिहान ९ बजे खुलामञ्चबाट निकालिएको र्‍याली माइतीघरमा पुगेर कोणसभामा परिवर्तन भएको थियो।

विद्यालयका कर्मचारीले भदौ १ गतेदेखि आन्दोलनका कार्यक्रमस्वरुप विरोध प्रदर्शन गर्दै आएका छन्। सरकारले माग सम्बोधन नगरेपछि उनीहरूले भदौ ५ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। परिषद् र राष्ट्रिय समितिको निर्णयबमोजिम सरकारलाई दबाब दिनका लागि र्‍याली निकालिएको हो। पूर्व घोषित कार्यक्रम अनुसार आयोजित र्यालीमा देशभरका १० हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको परिषद्ले जानकारी दियो ।

परिषद्ले १० र ११ गते डिजिटल आन्दोलन, १२ गतेदेखि १८ गतेसम्म एकहप्ता सामुदायिक विद्यालय बन्द गर्ने र १९ गते काठमाडौँ बृहत् प्रर्दशन गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड