काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाई ताहाचल, काठमाडौँले आज बाट काठमाडौँ जिल्लाबाट शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सफलता प्राप्त गरेकाहरूको प्रमाणपत्र बाँड्ने भएको छ।
एक सूचना जारी गर्दै एकाइले शिक्षक सेवा आयोगको विज्ञापन नं. ३०/०७८ ७९, मिति २०७९/०३/९८ मा सञ्चालित माध्यमिक तहको अध्यापन अनुमतिपत्र सम्बन्धी परीक्षामा काठमाडौँ जिल्ला भित्रका परीक्षा केन्द्रहरू (११८ देखि १४० सम्ममा परीक्षा दिएका सफल उम्मेदवारहरूको अध्यापन अनुमति पत्र शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँबाट वितरण हुने जनाएको हो।
सूचना अनुसार तपाईँले निम्न कागजात पेस गरेपछि मात्रै आफ्नो लाइसेन्स पाउनुहुनेछ:
क) तोकिए बमोजिमको पूर्ण रूपले भरिएको निवेदन
ख) शैक्षिक योग्यताको हकमा एसएलसी/माध्यमिक शिक्षा परीक्षा देखि तोकिएको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र
ग) शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि (मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्तमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको भए उक्त योग्यता नै तालिम तर निम्न विषयमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेकाको हकमा तालिमको प्रमाणपत्र नचाहिने:
-विज्ञान
-गणित
-अङ्ग्रेजी
-लेखा (लेखा भन्नाले व्यवस्थापन संकाय अन्तर्गत अध्ययन गरेको कुर्ने विषय भन्ने सम्झनु पर्दछ)
-कम्प्युटर विज्ञान (कम्प्युटर इन्जिनियरिङ सिभिल इन्जिनियरिङ इलेक्ट्रिकल इन्जिनियरिङ)
-पशुपालन (भेटेरिनरी) बाली विज्ञान (कृषि)
घ) हालसालै खिचेको अटो साइजको फोटो २ प्रति
ङ) प्रवेशपत्रको प्रतिलिपि
च) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
छ) विदेशी शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षताको प्रमाणपत्र ।
यी सबै प्रतिलिपि कागजातहरू उम्मेदवार स्वयमले प्रमाणित गरी पेस गर्नुपर्ने आयोगले जनाएको छ ।