काठमाडौँ-नेपाल विद्यालय कर्मचारी परिषदले आफ्ना माग पुरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने निर्णय गर्दे थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषदको राष्ट्रिय समितिको भदौ ४ गते काठमाडौँमा बसेको संयुक्त बैठकको निर्णय बमोजिम थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
परिषद्ले भदौ ०५ गते देखी ८ गते सम्म विहानको ११ बजे २ बजे सम्म माइतिघर मण्डलमा धर्ना दिने,९ गते बिहान ९ बजे खुल्ला मञ्च देखी माइतिघर मण्डलसम्म बिरोध र्याली प्रदर्शन गर्ने, १० र ११ गते डिजिटल आन्दोलन, १२ गते देखि १८ गते सम्म एकहप्ता सामुदायिक विद्यालय बन्द गर्ने र १९ गते काठमाण्डौमा बृहत प्रर्दशन गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
