Matra Education आइतबार, साउन १० २०८३

उत्कृष्ट नतिजा सहित विज्ञान विषयका लागि आकर्षक प्लस टु कलेज बन्दै रिभेरा (फोटोफिचर सहित)

उत्कृष्ट नतिजा सहित विज्ञान विषयका लागि आकर्षक प्लस टु कलेज बन्दै रिभेरा (फोटोफिचर सहित)

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र ५ २०७९


काठमाडौँ – विगत २४ वर्षदेखि गुणस्तरीय शिक्षाको लागि पर्याय बनेको रिभेरा इन्टरनेसनल एकेडेमीले विगत सात वर्षदेखि १०+२ मा विज्ञान सङ्काय सञ्चालन गरिरहेको छ ।

सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार पूरा गरी सञ्चालन सुरु गरेको कलेजको आफ्नै भवन तथा पर्याप्त खेलमैदान पनि रहेको छ ।

‘एक्काइसौँ शताब्दीको शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने नाराको साथ प्लस टु सञ्चालनमा ल्याएको रिभेराले विगत ५ वर्षदेखि निरन्तर कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गरिरहेको बताउनुहुन्छ कलेजका प्राचार्य प्रज्वल कोइराला ।

प्रत्येक विद्यार्थीको अन्तरनिहित प्रतिभा तथा क्षमता पहिचान गरी सिकाइ प्रक्रियामा प्राथमिकताका साथ सहभागी गराउँदा एवं विद्यार्थीको पढाईलाई निरन्तर अभिभावकको सम्पर्कमा रही निगरानी गर्दा यो नतिजा प्राप्त गर्न सफल भएको कुरामा जोड गर्नुहुन्छ कोइराला । सुरुदेखि नै वार्षिक, मासिक, साप्ताहिक तथा दैनिक पाठ्ययोजनाका साथ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा तोकेको समयमा पाठ्यक्रम पुरा गर्न सफल हुने र पर्याप्त समय पुनरावृत्ति अभ्यास गराइने कारणले परीक्षामा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सकेको विश्वास कोइराला गर्नुहुन्छ । राम्रो परीक्षाफल तथा प्रवेश परीक्षा तयारी सम्बन्धी बिशेष अभिमुखिकरणको परिणामस्वरुप विद्यार्थीहरु एमबिबिएस एबं बिइ लगायत अन्य विषयमा ब्याचलर अध्ययन गरिरहेको कुरा बताउनु हुन्छ कोइराला ।

त्यसैगरी व्यवहारिक तथा व्यावसायिक शिक्षाका निमित्त नियमित र विषयगत रुपमा पाठ्यवस्तुमा आधारित स्थलगत अध्ययन (फिल्ड भिजिट), तथ्यांक संकलन (डाटा कलेक्सन), प्रतिवेदन लेखन (रिपोर्ट राइटिङ), एवम् प्रस्तुतीकरण (प्रिजेन्टेसन) सहितको अनुसन्धानमा आधारित शिक्षण सिकाइ कलेजको मुख्य आधार स्तम्भ रहेको कलेजका अध्यक्ष नरेन्द्र भट्टराई बताउनुहुन्छ । कलेजमा रहेको सेमिनार हलमा सबै विद्यार्थीले अनिवार्य प्रस्तुतिकरण गर्नुपर्ने व्यवस्था रहेको कुरा गर्नुहुन्छ अध्यक्ष भट्टराई ।

यसप्रकारको शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुगेको कुरामा विश्वास गर्नुहुन्छ भट्टराई । व्यवहारिक ज्ञान हासिल गर्ने सन्दर्भमा शिक्षण सिकाइ प्रक्रियालाई सहजीकरण गर्नका लागि कलेजमा सुविधा तथा उपकरण सम्पन्न फिजिक्स, केमिस्ट्री, बायोलोजी तथा कम्प्युटर ल्याबको पनि व्यवस्था रहेको छ ।

नियमितरुपमा विषयवस्तुसँग सम्बन्धित प्रयोगात्मक कार्यहरु कलेजमा हुने गरेको छ । अध्ययन अनुसन्धान कार्यका लागि अनुसन्धान केन्द्रका रुपमा भौतिक तथा विद्युतीय पुस्तकालयको सुबिधा कलेजमा रहेको छ । विद्युतीय पुस्तकालयमा आठ हजारभन्दा बढी विभिन्न विषयका पुस्तकहरू अफलाइन अनस्क्रिन पढ्न सक्ने व्यवस्था गरेको छ भने प्रस्तुतीकरण तथा डिजिटल कक्षाका लागि स्मार्ट बोर्ड सहितको सेमिनार हलको व्यवस्था रहेको छ । विज्ञान संकायकाका कक्षाहरु डिजिटलाइज्ड रहेका छन् ।

आजको युग सुहाउँदो सीपको विकास नगरी ग्लोबल एजुकेसनको अवधारणा पुरा हुन सक्दैन भन्ने तथ्यलाई मध्यनजर गर्दै कलेजले आफ्नो स्थापनाकालदेखि नै ‘एक्काइसौं शताब्दीका सीपको गन्तव्य’ भन्ने नाराका साथ एक्काइसौं शताब्दीका सीपहरूको छुट्टै पाठ्यक्रम तयार गरी शिक्षण सिकाइ गर्दै आएको छ ।

एक्काइसौं शताब्दीका जीवनोपयोगी सीपहरूको अध्ययनले व्यवसायिक तथा पेशागत जीवन समृद्ध एवम सफल हुने विश्वास गर्नुहुन्छ कलेजका कोर्डिनेटर दीपक कुमार लम्साल । ज्ञान, सीप र मूल्यमान्यताको संगमले विद्यार्थी भोलिको सबल नागरिक बन्न सक्छ एवं देशको नेतृत्व गर्न सक्छ भन्ने उद्देश्य राखेर कलेजको मुख्य नारा ‘नेतृत्व राष्ट्रका लागि’ व्यवहारमा उतार्न एक्काइसौं शताब्दीका सिपहरूको निरन्तर अध्यापन गरिरहेको कुरा बताउनुहुन्छ लम्साल ।

त्यसैगरी, कलेजमा विद्यार्थीको अन्तरनिहित क्षमता अभिवृद्धि गर्न एवम् ज्ञानको दायरा फराकिलो पार्नका साथै प्रतिभा प्रस्फुटन गरि नेतृत्व गर्ने क्षमता विकास गर्न विभिन्न प्रतियोगितात्मक शैक्षिक क्रियाकलापहरूको नियमित रुपमा सञ्चालन गर्ने गरेको छ ।

त्यसैगरी, संगीत, नृत्य, नाटक, ललितकला, फुटबल, भलिबल, बास्केटबल जस्ता अतिरिक्त क्रियाकलापहरूको विद्यार्थीको रुचिअनुसार राष्ट्रियस्तरका प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गर्ने गरेको छ । बास्केटबल, फुटबल तथा भलिबलको आफ्नै टिम निर्माण गरी अन्तर-कलेज प्रतियोगितामा सहभागी गराइने गरेको कुरा बताउनुहुन्छ कलेज प्रशासक बसन्त पोखरेल।

नियमित पठनपाठनका अतिरिक्त कलेजले विद्यार्थीहरुलाई विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा पनि सहभागी गराउने गरेको छ । कक्षा ११ मा वर्षको दुईपटक हाइकिङ, एकपटक शैक्षिक भ्रमण, एकपटक बनभोज तथा कक्षा १२ मा यसका अतिरिक्त लामो शैक्षिक भ्रमणमा लैजाने गरेको छ ।

त्यसैगरी, कलेजले कक्षा ११ र १२ लाई स्वागत तथा विदाई कार्यक्रम बर्सेनि काठमाडौको प्रतिष्ठित अडिटोरियम हलमा सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण सहित गर्ने गरेको छ ।

कलेजले कक्षा ११ को भर्ना कार्यक्रम समापन भएपछि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुबाट नयाँ भर्ना भएका विद्यार्थीहरुलाई प्रेरक मन्तव्यसहित करियर काउन्सिलिङ कार्यक्रम गर्ने गरेको छ भने कलेजको शैक्षिक प्रणाली तथा नियम कानुन सम्बन्धी जानकारी गराउने गरेको छ ।

त्यसैगरी, कलेजले कलेजका विद्यार्थीहरु र विदेशी विद्यार्थीहरु बीच विषयगत कार्यशाला गोष्ठी साथै सांस्कृतिक आदानप्रदानको कार्यक्रम प्रत्येक वर्षको डिसेम्बर- जेनुअरी महिनामा गर्ने गरेको छ ।

कलेजले विद्यार्थीहरुलाई सामाजिक कामहरुमा पनि सहभागी गराउने गरेको छ । विभिन्न समयमा शैक्षिक तथा पेशागत उत्कृष्टता हासिल गरेका विज्ञहरुबाट गेस्ट लेक्चरको पनि व्यवस्था गरेको छ ।

कलेजको शिक्षण सिकाइ अत्यन्तै प्रभावकारी रहनु एवं परीक्षाफल अत्यन्तै उत्कृष्ट रहनुमा यस कलेजमा शिक्षण गर्ने उप-प्राध्यापकहरूको ठूलो योगदान रहेको कुरा कलेजका बरिष्ठ शिक्षक रामप्रसाद निरौला बताउनुहुन्छ । उहाँको भनाईमा कलेजमा ३५ वर्षसम्म अनुभव रहेका कक्षा ११, १२ एवम् विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा अध्यापन गरिरहनुभएका अत्यन्तै अनुभवी उपप्रध्यापकहरूको बाहुल्यता रहेको छ ।

कलेजले चाइना कल्चरल सेन्टर र रस्सियन कल्चरल सेन्टरसँगको समन्वयमा साँस्कृतिक आदान प्रदानको कार्यक्रम गर्ने गरेको छ।

विज्ञान अध्यापनका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार, अनुसन्धानमा आधारित शिक्षण सिकाइ, अतिरिक्त रुपमा 21औं शताब्दीका सीपहरूको अध्ययन, पर्याप्त अतिरिक्त तथा सहक्रियाकलापकहरु, योग्य तथा अनुभवि उप-प्राध्यापकहरु, कक्षाकोठामा सीमित संख्यामा मात्र विद्यार्थी राख्ने प्रावधान, बोर्ड परीक्षामा निरन्तररुपमा उत्कृष्ट परिणामका कारणले रिभेरा इन्टरनेसनल एकेडेमी कलेजले १०+२ को बिज्ञान अध्ययन अध्यापनको क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै लगेको प्रतीत हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड