Matra Education आइतबार, साउन १० २०८३

सडक आन्दोलनमै उत्रिए विद्यालय कर्मचारी, स्रोत विकास केन्द्र अगाडि धर्ना

सडक आन्दोलनमै उत्रिए विद्यालय कर्मचारी, स्रोत विकास केन्द्र अगाडि धर्ना

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र १ २०७९


काठमाडौँ- पटक पटक दिएको अल्टिमेटम र ज्ञापनपत्रका वापजुद आफ्ना मागहरू पुरा नभएपछि विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा उत्रिएका छन्। सरकारले आफूहरूसँग गरेका सहमति उल्लङ्घन गरेको भन्दै देशभरका विद्यालय कर्मचारीले अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिइरहेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको अगुवाइमा यसअघि देखि नै आन्दोलन र विरोधका कार्यक्रमहरू हुँदै आएका थिए भने आजबाट धर्ना सुरु भएको हो।

सरकारले विद्यालय कर्मचारीको पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रु ३४,७३० मासिक तलब र दुई हजार रुपैयाँ महँगी भत्ता गरी जम्मा रु ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रु २४,२१० र महँगी भत्ता दुई हजार गरी रु २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी गर्नु पर्ने लगायतका मागहरू उनीहरूको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड