Matra Education बिहिबार, कार्तिक १२ २०८३

टिकटक प्रकरणमा आयोगले लियो कडा एक्सन, निमावि लाइसेन्स परिक्षा रद्ध

टिकटक प्रकरणमा आयोगले लियो कडा एक्सन, निमावि लाइसेन्स परिक्षा रद्ध

  • मात्र एजुकेशन
  • सोमबार, साउन ३० २०७९


काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा रद्द गरेको छ । साउन २८ गते सञ्चालन गरेको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा भिडियो बनाई सामाजिक सञ्जालमा हाल्ने परीक्षार्थीको परीक्षा रद्द गरेको हो ।

आयोगले आज एक सूचना जारी गर्दै अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मावि, बोराडाडी “ख” को केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार वम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा परीक्षा रद्द गरिएको जनाएको छ ।

आयोगले नियमावली २०५७ को नियम २६ को उपनियम (१) अनुसार निजको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुई वर्षसम्म आयोगबाट सञ्चालन गरीने अध्यान अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोकलगाइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड