Matra Education आइतबार, साउन १० २०८३

छात्रवृत्तिको विवरण टाँस्न महानगरले निजी विद्यालयलाई दियो निर्देशन

छात्रवृत्तिको विवरण टाँस्न महानगरले निजी विद्यालयलाई दियो निर्देशन

  • मात्र एजुकेशन
  • आइतबार, साउन २९ २०७९


प्रतीकात्मक तस्बिर

काठमाडौं- काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ ।

महानगरपालिका शिक्षा विभागले यसअघि साउन २२ गते नै संस्थागत विद्यालयहरुले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरेको थियो ।

उक्त सूचनाको आधारमा अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरेपनि कतिपय विद्यालयहरुले हालसम्म पनि सूचना टाँस प्रचार नगरेको गुनासो परेपछि महानगर शिक्षा विभागले पुनः निर्देशन दिनुपरेको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन् ।

शिक्षा अधिकारी सुवेदीले सबै वडा कार्यालयहरुलाई सम्बन्धित वडा अन्र्तगतका विद्यालयहरुमा नियमानुसार छात्रवृत्ति छनोट गरी विवरण पठाउने व्यवस्था गर्न निर्देशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड