काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना खुला गरेको छ। शुक्रवार एक सूचना प्रकाशित गर्दै सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीय तर्फको आवेदन फारम भर्न सूचित गरेको हो।
सूचनामा भनिएको छ, “प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद बाट सञ्चालन गरिने प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा शैक्षिक सत्र २०७९/०८० मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष स्तरीय मिति २०७९।०४।२६ गतेको निर्णयअनुसार परिषद्बाट सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित देहायका शिक्षालयहरूले परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरू बाट मिति २०७९ भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्नु भराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”।
एसइई, एसएलसी, प्रि–डिप्लोमा, प्राविधिक एसएलसी तह उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका शैक्षिक योग्यता बापत प्रदान गरिने अङ्क र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कको योगफल अनुसार कार्यक्रम र कोटाहरूमा योग्यताक्रमानुसार छनोट हुने सूचनामा उल्लेख गरिएको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ मा उल्लेख भए अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।
