काठमाडौँ- पछिल्लो समय चर्चाको शिखरमा रहेको र अधिकांश विद्यार्थीको पहिलो रोजाइ बनेको चाबहिलको मनास्लु वर्ल्ड कलेज सामाजिक सेवामा पनि उतिकै सक्रिय देखिएको छ। स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय यस कलेजले आफ्नो परोपकारी कदमलाई निरन्तर अघि बढाउने क्रममा अर्को महत्त्वपूर्ण सहयोग गरेको हो। कलेजले बुधवार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा न १३ चुनिखेलमा रहेको चुनदेवी मन्दिर निर्माणका लागि एकाउन्न हजार रुपैयाँ सहयोग गर्दै सामाजिक काममा योगदान गरेको हो।
सहयोग हस्तान्तरण पश्चात् वडा न १३ का वडाध्यक्ष टिकेश नारायण श्रेष्ठ र पूर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले एउटा निजी शैक्षिक संस्थाले यति ठुलो सहयोग गरेको भन्दै वडावासीको तर्फबाट कलेजलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले आफूहरू यही समाजको सदस्य भएको हुँदा सामाजिक कार्यमा योगदान गर्नु आफ्नो कर्तव्य सम्झेर मन्दिर निर्माणको पवित्र काममा कलेजले सानो सहयोग गरेको बताए। कलेजले यस्ता सामाजिक कार्यहरू निरन्तर जारी राख्ने उनको भनाइ थियो।
विगतका वर्षहरूमा पनि लायन्स लगायतका संघ संस्था मार्फत मनास्लुले सामाजिक कार्यहरू गर्दै आएको थियो। कोभिड महामारीको समयमा विभिन्न सहयोगका कार्यक्रमहरू सञ्चालन गरेको कलेजले गत वर्ष सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम गाउँ ग्याल्थुङमा रहेको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीहरू वितरण पनि गरेको थियो ।