काठमाडौँ- पछिल्लो समय चर्चाको शिखरमा रहेको र अधिकांश विद्यार्थीको पहिलो रोजाइ बनेको चाबहिलको मनास्लु वर्ल्ड कलेजले आफ्नो रफ्तार अझै बढाएको छ। केही समय अघि मात्रै प्लस टु तहमा खेलकुद विज्ञान कोर्सको शिक्षण सुरु गरेको कलेजले आफ्ना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नका लागि अर्को महत्त्वपूर्ण सम्झौता गरेपछि यो गति अझै बढ्ने देखिएको हो।
मनास्लुले सोमबार राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतलाई फुटबल र फुटसलको मुख्य प्रशिक्षकको रूपमा अनुबन्धन गरेको छ। स्थापनाकाल देखि नै विभिन्न विधाका खेलाडीहरूलाई सत प्रतिशत सम्म छात्रवृत्ति प्रदान गरेको कलेजले स्तरीय खेलकुद टिम निर्माण गरी खेलकुदमा रुचि भएका विद्यार्थीको भविष्य निर्माणका लागि यस्ता सम्झौताहरू गर्ने गरेको जनाएको छ।
कलेजका प्रिन्सिपल राजन श्रेष्ठका अनुसार कलेजले युवा खेलाडी विद्यार्थीहरूको सर्वपक्षीय विकासका लागि ध्यान दिँदै आएको छ। सम्झौता पश्चात् मात्र एजुकेसन सँगको संवादमा उनी भन्छन्, “मनास्लु २१ औँ शताब्दी सुहाउँदो विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने कुरामा सधैँ सचेत छ। आजको शिक्षाले हरेक क्षेत्रको नेतृत्व जन्माउन सक्नुपर्छ भन्ने अवधारणा अन्तर्गत ‘अ होम फर फ्युचर लिडर्स ‘ भन्ने नारासहित स्थापित मनास्लुले यी र यस्ता कुरालाई प्राथमिकतामा राखेकै कारण हामी सर्वाधिक खोजिएका १० कलेज भित्र पर्न सफल भएका हौँ”। उनका अनुसार मनास्लु वर्ल्ड कलेजले कागजको प्रमाणपत्र मात्रै दिने भन्दा पनि जीवन बाँच्न सक्ने सिप सहितको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ।

यतिबेला स्तरीय प्लस टु कलेज खोजिरहेका विद्यार्थीहरूको रोजाइको कलेज बनेको छ मनास्लु वर्ल्ड कलेज। यस कलेजका बारेमा मात्र एजुकेसनले केही दिन अघि गरेको शैक्षिक संवादमा कलेजका अध्यक्ष गेन्द्र लामाले जीवनोपयोगी र व्यवहारिक शिक्षा पाउनका लागि मनास्लु रोज्नुपर्ने बताएका थिए। तपाईँ यहाँ क्लिक गरेर मनास्लुको बारे विशेष सामग्री पढ्न वा तल भिडियो अन्तर्वार्ता हेर्न सक्नुहुन्छ।