काठमाडौँ- निजी विद्यालयहरूको छाता संगठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले यही श्रावण २४ र २५ गते माफ अन्तर-विद्यालय जुनियर फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।
धन्वन्तरि फुटसल, धुम्बाराहीमा सञ्चालन हुन लागेको फुटसल टुर्नामेन्टमा माफसँग आबद्ध १६ विद्यालयका १६ वटा जुनियर फुटसल टिम सहभागी हुने माफका अतिरिक्त क्रियाकलाप संयोजक रेगन सिंहले बताए । टुर्नामेन्ट दुई दिनसम्म सञ्चालन हुनेछ । टुर्नामेन्टमा पाँच फिटसम्म उचाइ भएका विद्यार्थीहरूले मात्रा भाग लिन पाउने छन् ।
टुर्नामेन्टको समापन समारोह टुर्नामेन्टको अन्तिम दिन श्रावण २५ गते बुधवार हुनेछ भने उक्त समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का रहनेछन् ।