Matra Education आइतबार, साउन १० २०८३

तलब नबढाइएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा

तलब नबढाइएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा

  • मात्र एजुकेशन
  • सोमबार, साउन २३ २०७९


काठमाडौँ- तलब नबढाइएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ। परिदले शिक्षक महासंघ मार्फत पटक पटक नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विभिन्न समयमा विभिन्न सहमतिहरू गरेता पनि ती सम्झौताहरू कार्यान्वयन नगरी विद्यालय कर्मचारीहरूलाई निराश बनाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

नेपाल सरकारले विद्यालयमा कार्यरत शिक्षक तथा वाल शिक्षा सहयोगीको समेत तलब वृद्धि गर्दा त्यसै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको तलब भत्ता वृद्धि नगर्नु दुखद भएको परिषद्को ठहर छ । स्थानीय तहलाई तलबको जिम्मा दिएर संघीय सरकार पन्छिन खोजेको र धेरै स्थानीय तहले तलब थपेर दिने काम नगरेको हुँदा आन्दोलनमा जान बाध्य भएको सूचनामा उल्लेख छ।
परिषद्ले आन्दोलनका कार्यक्रमहरूमा सहयोग गर्न शिक्षकका पेसागत संघ संगठन,निजामती कर्मचारीहरूका संघ संगठन, बुद्धिजीवी, सुरक्षाकर्मी , पत्रकार,मानव अधिकारकर्मीहरू सबैमा अनुरोध पनि गरेको छ ।

परिषद्का मागहरू सहितको सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड