काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमि भक्तपुरले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र परिवर्तन गरेको छ।
शुक्रवार एक सूचना जारी गर्दै आयोगले मिति २०७९।०३। २८ गते प्रकाशन भएको कैलाली जिल्लाको केन्द्र नम्बर ७२६ श्री थ्री स्टार इ.बो.स्कुल क्यापस रोड (ख) कायम गरिएकोमा उक्त केन्द्रको सट्टा श्री शारदा माध्यमिक विद्यालय वैयावेहडी (ग) लाई परीक्षा केन्द्र कायम गरेको जनाएको हो। आयोगको मिति २०७९/०४/२० गतेको निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन भएको हो।
निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा मिति २०७९ साउन २८ गते सञ्चालन हुँदैछ।
