Matra Education आइतबार, साउन १० २०८३

प्लस टु पढ्नका लागि मनास्लु नै रोज्नुपर्ने थपियो अर्को कारण, यस वर्षबाट खेलकुद विज्ञान पनि पढाइ हुने

प्लस टु पढ्नका लागि मनास्लु नै रोज्नुपर्ने थपियो अर्को कारण, यस वर्षबाट खेलकुद विज्ञान पनि पढाइ हुने

  • मात्र एजुकेशन
  • बुधबार, साउन १८ २०७९


काठमाडौँ- ‘अ होम फर फ्युचर लिडर्स’ अर्थात् भावी नेतृत्वकर्ताहरुको घर भन्ने नारासहित सञ्चालित मनास्लु वर्ल्ड कलेज यतिबेला प्लस टु पढ्ने विद्यार्थीहरूको रोजाइको कलेज बनिरहेको छ। खासगरि विश्वस्तरीय भौतिक पूर्वाधार, उत्कृष्ट शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, प्रविधिमैत्री कक्षाकोठा, सिपमूलक र जीवनोपयोगी शिक्षामा जोड लगायतका मौलिक विशेषताका कारण आकर्षणको केन्द्र बनेको कलेजले यस वर्ष देखि खेलकुद विज्ञान विषयको समेत अध्यापन गराउने भएपछि विद्यार्थीहरूको यो कलेज प्रति अझै चासो बढ्न थालेको हो।

नेपाल सरकारले तय गरेको ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई आत्मसाथ गर्दै कलेजले यसै शैक्षिक सत्र देखी प्लस टु तहमा खेलकुद विज्ञान (स्पोर्ट्स साइन्स) विषयलाई समावेश गरेको प्रिन्सिपल राजन श्रेष्ठले बताए । मात्र एजुकेसन सँगको संवादमा उनी अगाडी भन्छन्, “व्यक्तिको सर्वाङ्गीण एवं समाज र राष्ट्रको समग्र विकासका लागी विद्यालयमा आधारित खेलकुदका क्रियाकलापहरू आयोजना र सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत र व्यवस्थापकीय पक्षहरू सँग विद्यार्थीहरूलाई परिचित गराउने उद्देश्यले यो कोर्स भित्राइएको हो”। उनका अनुसार यो नवीन प्रयोग सफल हुनेमा कलेज विश्वस्त र उत्साहित छ।

प्लस टु का लागि मनास्लु किन रोज्ने भन्ने बुझ्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर मात्र एजुकेसनले तयार पारेको सामग्री पढ्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड