Matra Education आइतबार, साउन १० २०८३

व्यवस्थापन संकायमा स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुल्यो (सूचना सहित)

व्यवस्थापन संकायमा स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुल्यो (सूचना सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, साउन १७ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डिनको कार्यालयले व्यवस्थापन संकायमा स्नातक तह पढ्नका लागि प्रवेश परीक्षाको फारम खुला गरेको छ। मंगलबार एक सूचना जारी गर्दै व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रममा भर्ना हुन चाहनेहरूलाई प्रवेश परीक्षाको फारम भर्न सूचित गरिएको हो।

साउन महिनाको १८ गतेदेखि खुलेको फारममा भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ भने भदौ २५ गते बिहान ८ बजेका लागि परीक्षा समय निर्धारण गरिएको छ। विशेषतः बिबिए, बिबिएम, बिआइएम, बिपीए, बिएचएम, बिटीटीएम, बिबिए- एफ र बिएमएस अध्ययन गर्न चाहनेहरूले यो परीक्षा दिनु पर्ने सूचनामा जनाइएको छ। फारम भर्नका लागि सूचनामा तोकिएका न्यूनतम मापदण्डहरू पुरा गरेको हुनुपर्नेछ।

कक्षा ११ र १२ को नतिजा कुरिरहेका विद्यार्थीहरूले समेत यो आवेदन फारम भर्न सक्नेछन् तर भर्ना हुँदा भने कक्षा १२ पास गरेको प्रमाण पेस गर्नुपर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड