काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न सूचित गरेको छ।
आइतबार एक सूचना जारी गर्दै केन्द्रले चालु आ.व. २०७९।८० को ब.उ.शि.नं. ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजना तर्फ सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न सूचित गरेको हो।
सूचनामा भनिएको छ, “उक्त स्वीकृत कार्यक्रम तर्फको क्रियाकलाप नं २.७.१३.४० माध्यमिक तह कक्षा (९-१०) मा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान र क्रियाकलाप नं २.७.१३.४१ आधारभूत तह कक्षा (६-८) मा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शीर्षकको कार्यक्रममा अर्को व्यवस्था नभएसम्मका लागि गत आ.व. २०७८७९ को स्वीकृत बजेट र अनुदान कोटा भन्दा बढी शिक्षक नियुक्ति नगर्नु नगराउनु हुन केन्द्रको मिति २०७९/०४/१५ को निर्णय अनुसार अनुरोध छ “।
